Incident Reports

मन्त्रीद्वारा पत्रकारमाथि आक्रमण गर्नेलाई कार्वाही गर्न निर्देशन

2015-01-20

Bagmati, Chitawan, Chitwan National Park

सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले चितवन जिल्लाका स्थानीय प्रशासनलाई राष्ट्रिय समचार समितिका रिपोर्टर नारायण प्रसाद अधिकारीमाथि हमला गर्ने दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन्। अज्ञात समूहले  नोभेम्बर २० अधिकारीलाई उनको घरको नजिक धारिलो हतियारले हमला गरेको थियो। मन्त्री रिजालले जिल्लाका घाइते अधिकारीको घरमा पुगेका थिए र पत्रकारमाथि गरिएको आक्रमण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण भएको बताएका थिए। उनले पत्रकार अधिकारीको शीघ्र बहालीको कामना गरे र अन्य सञ्चारकर्मीहरुलाई स्थानीय प्रशासनलाई यससम्बन्धमा कुनै पनि जानकारी उपलब्ध गराउन सहयोग गर्न आग्रह गरे। मन्त्री रिजालले ढिलाइ भएको छानबिन प्रक्रियामा असन्तुष्टि पनि व्यक्त गरे। उनले अझै भने कि सरकार पत्रकारहरुको सुरक्षामा गम्भीर छ। यसका लागि सूचना मन्त्रालयले बजेटका लागि अर्थ मन्त्रालयसँग परामर्श गर्दैछ, उनले थपे। नेपाल प्रेस युनियनको चितवन अध्यायका कार्यवाहक अध्यक्ष पूर्ण शर्माले उक्त अवसरमा मन्त्रीलाई ज्ञापन पत्र बुझाए। घाइते अधिकारी एनपीयू चितवनका अध्यक्ष हुन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments