Incident Reports

महिलाको घाँटी रेटी हत्या

2015-01-04

Gandaki, Nawalparasi East, Bungdikali

नवलपरासी , पुस २१ - नवलपरासीको दुर्गम गाउँमा अर्काको घरमा पसल गरेर बस्ने एक युवकले घरबेटी महिलाको बिभत्स हत्या गरेका छन् । नरम गाविस - ९ मधुकोटकी ४५ वर्षीया रिमकला गाह मगरको आफनै घरमा पसल गरेर बस्ने २५ वर्षका झबिलाल गाहाले हत्या गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । महिला चौपाय चराउन जंगल गएको अवस्थामा झबिलालले हत्या गरेको अनुमान गाउँलेको छ । आइतबार राति उनको घरदेखिमाथि पर्ने गोठ नजिकमा घाँटी रेटेर हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीमा उजुर गरेका थिए । रातभरी प्रहरीले गाउँ घेराहालेर अनुसन्धान थालेको थियो । घटनाको १२ घण्टा नबित्दै अभियुक्त प्रक्राउ परेको नवलपरासीमा पहिलो घटना हो । स्थानीयको उजुरीको आधारमा घटना स्थलमा पुगेको प्रहरी निरीक्षक हरी बरुवालको टोलिले गाउँ घेराबन्दी गरेर छानबिन थालेको थियो । गाउँमै लुकेर बसेका अभियुक्तको कपडाभरी रगत देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । अभियुक्त गाहले घरभेटिले सधैं पसल छोड भन्ने र घरभाडा बढाएको झोकमा हत्या गरेको बयान प्रहरीलाई दिएको छ । मृतका श्रीमान वैदेशिक रोजगारीकालागि विदेशमा छन् । प्रहरीले शव र अभियुक्तलाई घटनास्थलबाट इलाका प्रहरी कार्यालय कावासोतीमा ल्याउँदै गरेको जनाकारी दिएको छ । डेढ महिना अघि झयाल्वास नजिको जंगलमा एक महिलाको विभत्स हत्या भएको अवस्थाको शव फेला परेको थियो । उनी हो हुन र कसले हत्या गरेको हो भन्ने अझै खुल्न सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports