Incident Reports

मानव बेचविखनका आरोपितलाई २० वर्षकैद

2015-01-04

Bagmati, Nuwakot, Dupcheshwar

 २६ र २७ वर्षीया दुई महिलालाई भारतमा लगेर बेचेको आरोपमा गिरफ्तार भएका घ्याङफेदी-६ का २० वर्षीय सुकमान तामाङलाई जिल्ला अदालतले २० वर्षकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको इजलासले पुस २० गते तामाङमाथि लागेको आरोप प्रमाणित भएको भन्दै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण )ऐन २०६४ अनुसार सो अभियोगमा २० वर्षकैद सजाय र १ लाख रुपियाँ जरिवानाको फैसला गरेको हो । सोही ऐनको दफा १७ अनुसार पीडित महिलालाई जनही ५०/५० हजार रुपियाँ प्रतिवादी सुकमान तामाङबाट क्षतिपूर्ति भराउन पनि आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार राकेशमणि उपाध्यायले जानकारी दिए । तामाङसहित तीन जनाको समूहले ०६५ साल साउन २८ गते पीडित महिलालाई भारतमा लगेर बेचेको थियो । पीडित महिलाहरूलाई एक संस्थाले ०६९ चैत ५ गते भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाएको थियो । घटनामा संलग्न दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । नवदीप श्रेष्ठ

0 Comments