Incident Reports

बहुविवाह गर्ने तामाङ र डिकमाया प्रहरी खोरमा

2014-12-06

Province 1, Ilam, Sandakpur

बहुविवाहको आरोपमा पक्राउ परेकालाई जिल्ला अदालत इलामले जनही एक-एक वर्ष कैद र रु पाँच-पाँच हजार जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले इलाम जमुना–८ का ३१ वर्षीय शिवकुमार तामाङ र जमुनाकै २१ वर्षीया डिकमाया पाण्डेलाई कैद सजायको फैसला सुनाएको हो । विसं २०७१ मंसीर ५ गते दोस्रो विवाह गरेका शिवकुमार र डिकमायाविरुद्ध शिवकुमारकी जेठी पत्नी पेमालामु शेर्पाले मंसीर २६ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएकी थिइन् ।

0 Comments

Related Reports
Related Trend Analysis