Incident Reports

किराँत जनवादी वर्कर्स पार्टीले सरकारलाई हतियार बुझायो

2015-01-07

पूर्वी नेपालमा सशस्त्र भूमिगत गतिविधि सञ्चालन गर्दै आएको किराँत जनवादी वर्कर्स पार्टीले पुस २२ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई हतियार बुझाएको छ । किराँत जनवादी वर्कर्स पार्टी (विद्रोही समूह)को राजनीतिक माग पूरा गराउन सरकार प्रतिवद्ध रहेको र हिरासतमा रहेका वर्कर्स सम्बद्ध नेता, कार्यकर्ता रिहा गर्ने सम्झौता अनुरुप वर्कर्सका प्रवक्ता तथा वार्ता टोली संयोजक भरुण किराती -विरुक्रान्ति)ले प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई तीन थान थ्रिनटथ्री राइफल बुझाएका छन् । आफूसँग रहेको हतियार सरकारलाई बुझाएर शान्तिपूर्ण राजनीतिमा सहभागि हुने बताउँदै वर्कर्सले आफुसँग रहेको हतियार बुझाएको हो । वर्कर्सले बाँकी हतियार सरकारसँग विश्वस्त वातावरण बनेको जुनसुकै अवस्थामा समेत बुझाउने जनाएको छ । हतियार बुझाउँदै वर्कर्सले सरकारसँग विभिन्न चार ओटा माग राखेको छ । यसअघि ०७१ साउन ११ गते इलाम जिल्लाको चियाबारी कटेजमा सरकार र वर्कर्सबीच भएको वार्ताको क्रममा विभिन्न चार बुँदे सम्झौता गरिएको थियो । वार्ताको क्रममा सरकार र वर्कर्सबीच आपसी विश्वासको वातावरण तयार गरी शान्तिपूर्ण संविधान निर्माणमा अग्रसर रहने, वर्कर्सको समस्याको समाधानका लागि सरकारले पहल गर्ने, वर्कर्सले प्रस्तुत गरेको संविधान निर्माणको विषयवस्तुलाई वार्ता उपसमितिले गम्भीरतापूर्वक लिने लगायतका बुँदामा सहमति भएको थियो ।

0 Comments