Incident Reports

बालिका बलात्कार प्रयासका आरोपितलाई तीन वर्षकैद

2014-04-20

Madhes, Saptari, Saptakoshi

Mohan Kumar Kharel १५ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा ठेलिया गाविस-५ बक्साहाका २७ वर्षीय पुरन चौधरीलाई अदालतले पुस २२ गते तीन वर्षकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको इजलाशले पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका आरोपितलाई कैद सजायको फैसला भएको स्रेस्तेदार नवराज दुलालले बताए । न्यायाधीश अधिकारीको आदेशमा आरोपित ०७१ जेठ ४ गतेदेखि राजविराज कारागारमा थुनामा छन् । ठेलिया गाविस-५ पौडेलनी खोल्सीस्थित जंगलमा दाउरा लिन गएको बेला पीडितलाई आरोपितले ०७१ वैशाख ७ गते बिहान बलात्कार प्रयास गरेका थिए । पीडितकी आमाले बलात्कार प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरमा बैशाख ७ गते उजुरी दिएकी थिइन् । उजुरी दर्ता गर्दै आरोपितलाई प्रहरीले ०७१ वैशाख ७ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ०७१ वैशाख ७ गते भएको थियो । मनोहरकुमार पोखरेल

0 Comments