Incident Reports

अपहरणमा परेका भारतीय नागरिकको उद्वार, छ जना अपहरणकारी पक्राउ

2015-01-05

Gandaki, Kaski, Pokhara Lekhnath

भारतको नौतनहवाबाट पोखरा घुम्न आएका छ जना भारतीय पर्यटकलाई अपहरण गरी फिरौती लिने छ जना अपहरणकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पक्राउ गरेको छ । उनीहरू आइतबार पोखराको लेकसाइडमा एउटा होटलमा कोठा लिई आफ्नै गाडीबाट मनकामना मन्दिरको दर्शन गर्न त्यसतर्पm गएको र पोखरा फर्कने क्रममा पोखराको चाउथेमा अपहरणकारीले उनीहरूलाई नियन्त्रणमा लिई सोही ठाउँको हङकङ होटलमा लगेका थिए । होटलमा लगेपछि अभियुक्तले उनीहरूलाई ५० लाख माग गरेको र नदिए मारिदिन्छौँ भनेको पीडितले बताएका छन् । पीडितले आफूहरूसँग त्यति पैसा छैन, हामीलाई छोडिदिनुस् भनी अनुरोध गर्दा पनि रु ५० हजार दिए हुन्छ भनेका र त्यति पनि छैन भनेपछि रु ३० हजार लिएर छाडिदिएका थिए । अपहरणको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अपहरणमा संलग्न भारत महाराजगन्जका राजेन्द्रप्रसाद कसौधन, राजेशकुमार कसौधन, सिद्धार्थनगर मुहानाथाना ग्रामका महाजन गुप्ता, म्याग्दीको मुना गाविसका कमल पुनमगरलाई सोही होटलबाट पक्राउ गरेको थियो । कास्कीको पार्चे गाविसको सिक्लेसका रोहित सुनार र स्याङ्गजा चिल्नेवासका कमल पुनमगर फिरौती रकम लिई मोटरसाइकल चढी भाग्दै गर्दा कास्कीकै आर्बा विजयको कसेरीमा पक्राउ गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अभियुक्तबाट फिरौती रकममध्ये रु २२ हजार ५०० पनि प्रहरीले बरामद गरेको छ । अपहरणमा पर्नेमा भारतीय नागरिक गुरदीप सिंह, अमृतपाल सिंह, ममतोज खान, राजीव सिंह, अनुराग मिश्र र भिख्खु मिश्र रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 6
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 6
National/Online Media

0 Comments

Related Reports