Incident Reports

बालिकालाई बलत्कार गर्ने बाबुछोरा प्रहरी खोरमा

2015-01-06

Province 1, Morang, Miklajung

Arjun Basnet १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरिएका भद्रपुर नपा- १० का ७० वर्षीय बाबु भेषराज पोखरेल र ४२ वर्षीय छोरा हेमराज पोखरेल जिल्ला अदालत झापाको आदेशमा पुस २२ गते पुर्पक्षको लागि कारागार चलान भएका छन् । आरोपितहरूले पीडित बालिकालाई विगत दुई वर्षअघिदेखि बलात्कार गरेको आरोपमा पीडितले ०७१ मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीपछि आरोपित भेषराजलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । अर्का आरोपित हेमराजलाई मङ्सिर २८ गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो । अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएपछि पुस २२ गते नै उनीहरुलाई झापा कारागारमा थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका सई सुवास केसीले बताए । पीडित बालिकाको स्वास्थ्य जाँच मेची अञ्चल अस्पताल भद्रपुरमा २६ गते भएको थियो । अर्जुन बस्नेत
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments