Incident Reports

कुटपिट गर्ने पतिविरुद्ध उजुरी

2015-01-07

Madhes, Rautahat, Chandrapur

 चन्द्रपुर नपा-१४ की २९ वर्षीया विमला सत्याललाई ०७१ पुस २२ गते दिउँसो उनकै पति ३० वर्षीय राजनप्रसाद सत्यालले कुटपिट गरी घरेलु हिंसा गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पुस २३ गते उजुरी दर्ता गराएकी छिन् । आरोपित पति सत्यालसँग आफ्नो जातीय परम्परा अनुसार १० वर्षअघि विवाह भइ दुई छोरीको जायजन्म समेत भएको अवस्थामा पतिले विभिन्न किसिमको आरोप लगाउँदै यातना दिने गरेको र विगतमा पनि यातना दिई बाँया हात समेत भाँचिदिएकोमा अहिले पुनः कुटपिट गरी बायाँ हातको औँला भाँचिदिएको पीडितले बताइन् । पीडितको उजुरी दर्ता गरी आरोपितलाई उपस्थित गराउन प्रहरी पठाइएको डीएसपी नेत्रमणि गिरीले बताए । बिपिन गौतम
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments