Incident Reports

बालिका बलात्कार गर्ने अहेवलाई दश वर्ष कैद

2013-04-27

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokhrel नौ वर्षीया बालिकालाई बलात्कार गर्ने कञ्चनपुर गाविस-९ का ३३ वर्षीय हरेन्द्र देवलाई पुनरावेदन अदालतले ०७१ पुस २३ गते १० वर्षको कैद ७५ हजार रुपियाँ जरिवानाको फैसला सुनाएको छ । मुख्य न्यायाधीश इश्वरीप्रसाद खतिवडा र न्यायाधीश उमेशकुमार सिंहको संयुक्त इजलासले जिल्ला अदालतको फैसला आंशिक उल्टी गर्दै १० वर्ष कैद सजाय सुनाएको रजिष्ट्रार हरिश्चन्द्र इङनामले जानकारी दिए । हजुरबुवाका लागि सुर्ती (खैनी) र आफ्ना लागि चकलेट किन्न पसल पुगेकी बालिकालाई घरमै औषधी र किराना पसल सञ्चालन गरेका उपस्वास्थ्य चौकी गोबरगाढामा कार्यरत आरोपितले घरपसलमा कोही नभएको बेला ०७० वैशाख १४ गते बलात्कार गरेका थिए । बलात्कारको आरोपमा पीडितले ०७० वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि फरार भएका देवलाई भारतीय प्रहरीको सहयोगमा भारत विहारको सुपौल जिल्ला रानीगञ्जबाट सोही दिन राति ७ः३० बजे प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको ०७० वैशाख १४ गते राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो । जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले ०७० जेठ १० गतेदेखि आरोपित राजविराज कारागारमा पुर्पक्षका लागि थुनिएका थिए । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलाशले जबरजस्तीकरणी उद्योगमा आरोपितलाई ०७१ वैशाख २४ गते छ वर्षकैद सजायको फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सफाइ पाउनु पर्ने माग गर्दै आरोपितले ०७१ असारमा पुनरावेदन गरेका थिए भने पीडितले बलात्कार मुद्दामा थप सजायको माग गर्दै ०७१ साउन १९ गते पुनरावेदन दिएका थिए । जिल्ला अदालतले जबरजस्तीकरणी उद्योगमा गरेको छ वर्षकैद सजायको फैसला आंशिक उल्टी गर्दै पुनरावेदन अदालतले जबरजस्तीकरणी ठहर गरी १० वर्षकैद सजाय गरेको पुनरावेदन अदालत बार एकाइका अध्यक्ष महेन्द्र कुमार चौधरीले बताए । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments