Incident Reports

कथित बोक्सी भन्दै मलमुत्र खुवाउन खोज्ने धरौटीमा रिहा

2015-01-07

Madhes, Saptari, Rajbiraj

 शम्भुनाथ गाविस-१ की ५१ वर्षीया जानकीदेवी गुप्तालाई कथित बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका २९ वर्षीय गोबरु भनिने गोबर्द्धन सदा अदालतले माग गरेको आठ हजार रुपियाँ धरौटी राखेर पुस २३ गते रिहा भएका छन् । जिल्ला न्यायाधीश तेजनारायण पौडेलको आदेशमा आरोपित आठ हजार धरौटी तिरेर उनी रिहा भएका हुन् । गोबरुसहित निजकी पत्नी २७ वर्षीया अनारदेवी सदा, ३३ वर्षीय बद्री भनिने चन्द्रकमल नारायण सदा, निजकी पत्नी ३० वर्षीया अमेरिकादेवी सदाले पीडितलाई ०७१ वैशाख १ गते राति कथित बोक्सी भन्दै मलमुत्र खुवाउने प्रयास गरेको आरोप छ । पीडितले दिएको निवेदन प्रहरीले दर्ता नगरेपछि ०७१ वैशाख २५ गते पुनरावेदन अदालत राजविराजमा परमादेशको रिट निवेदन दिएकी थिइन् । पुनरावेदन अदालतले ०७१ बैशाख २९ गते जिल्ला प्रहरी कार्यालयका नाममा परमादेशको आदेश जारी गरेको लामो समयपछि ०७१ मंसिर १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो। प्रहरीले आरोपितमध्येका गोबरु सदालाई ०७१ पुस १३ गते गिरफ्तार गरेको थियो । अन्य आरोपितहरु हालसम्म फेला परेका छैनन् । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments