Incident Reports

बालिका अपहरणका आरोपित पूर्व असई थुनामा

2015-01-07

Madhes, Saptari, Mahadeva

 पकरी गाविस-१ सोनराकी १७ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा पूर्व असई पकरी गाविस-२ घर भई हाल पकरी गाविस-१ बस्ने ४६ वर्षीय महीनारायण मण्डल ०७१ पुस २३ गते पुर्पक्ष लागि थुनामा परेका छन् । अपहरण तथा शरिर बन्धक मुद्दामा फरार रहेका आरोपित पुस २३ गते हाजिर भएपछि जिल्ला अदालतको आदेशले पुर्पक्ष लागि थुनामा परेको अदालतले जनाएको छ । घरअगाडिको ट्युववेलबाट पानी लिई घर फर्किरहेका बेला पीडितलाई आरोपितको संलग्नतामा उनको छोरा २१ वर्षीय राजा भनिने राजकुमार मण्डल र कृष्णकुमार मण्डलले ०७१ बैशाख ३० गते विहान ६ः३० बजे अपहरण गरेको आरोप छ । आरोपितहरुले को.१२प ५१६१ नम्बरको डिस्कोभर मोटरसाइकलमा जबरजस्ती चर्ढाई भारत बिहारको प्रतापगञ्ज पुर्‍याएपछि त्यहाँका किसानहरुले वैशाख ३० गते आरोपित राजालाई समाती प्रतापगञ्ज थानामा बुझाएका थिए भने आरोपित कृष्ण फरार भएका थिए । भारतीय प्रहरीको सहयोगमा पीडितपक्षले वैशाख ३० गते राति पीडितलाई सकुशल उद्धार गरी घर ल्याएका थिए । पीडितका बुवा देवनारायण यादवले अपहरण तथा शरिर बन्धक र जिउ मास्ने बेच्ने आरोप लगाउँदै आरोपितहरु विरुद्ध दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०७१ जेठ ६ गते दर्ता गरेको थियो । जिल्ला अदालतले आरोपितविरुद्ध ०७१ भदौ १ गते वारेण्ट जारी गरेको थियो । अन्य आरोपितहरु हालसम्म फेला परेका छैनन् । मनोहरकुमार पोखरे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments