Incident Reports

आमाको नामबाट नागरिकता दिनु पर्ने माग गर्दै संविधानसभा भवन घेराउ तथा सिठी जुलुस

2015-01-09

Bagmati, Kathmandu, Kathmandu

आमाको नामबाट नागरिकता दिनुपर्ने मागगर्दै विभिन्न सङ्घ संस्था तथा नागरिक समाजका प्रतिनिधिले नयाँबानेश्वरस्थित संविधानसभा भवन घेराउ गर्नुका साथै शान्तिपूर्ण प्रदर्शन गरेका छन् । आमाको नाममा नागरिकता अभियानले पुस २४ गते गरेको उक्त संविधानसभा घेराउ कार्यक्रममा विभिन्न सङ्घ संस्था तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो । सयौँको सङ्ख्यामा उपस्थित उनीहरुले संविधानसभा भवन चारैतिरबाट घेराउ गरी आमाको नामबाट पनि नागरिकता दिनु पर्ने माग गर्दै नयाँ बन्ने संविधानमै सो व्यवस्था गर्न माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एफडब्लुएलडी, माइती नेपाल, सिवीन, शक्ति समूह, ओरेक लगायतका संस्था र नागरिक समाजले यो अभियान संयुक्त रुपमा सञ्चालन गरेको हो। यसैबीच यो अभियानलाई ऐक्यबद्धता जनाउन अनलाइन सञ्चाल गरिएकोमा सोको पत्र आजै यस अभियानको नेतृत्वमा आमाको नामबाट नागरिकता प्राप्त गर्न नसकेको पीडितको हातबाट संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई बुझाइएको छ । काठमाडौ लगायत १८ ओटा जिल्लामा यो अभियानले यसरी नै विभिन्न कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय स्तरमा युके, क्यानाडा, अमेरिका र भारतमा पनि आजै यो अभियान सञ्चालन भएको आयोजकले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments

Related Trend Analysis