Incident Reports

पत्नी हत्या गरेको आरोपमा पतिविरुद्ध उजुरी

2015-01-06

Province 1, Panchthar, Kummayak

रानीगाउँ गाविस- ४ का २४ वर्षीया विन्दु गजमेर विश्वकर्माको हत्या गरेको आरोपमा उनका पति २८ वर्षीय अमृत गजमेर विश्वकर्माविरुद्ध पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुस २४ गते उजुरी दर्ता गराएका छन् । आरोपितले पत्नीलाई पुस २२ गते राती धारिलो हतियारले घाँटी रेटी हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविराज थपलियाले बताए । लासको पुस २४ गते जिल्ला अस्पताल पाँचथरमा पोष्टमार्टम गरिएको छ । फरार आरोपितको खोजी कार्य थालिएको र उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दायर गरिने थपलियाले बताए । विश्वकर्मा दम्पतीको १३ र ९ वर्षीय दुई छोरा र ११ वर्षीया एक छोरी रहेका छन् । पारिवारिक मनमुटावका कारण हत्या भएको हुन सक्ने स्थानीयले बताए ।

मङ्गल बेघा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments