Incident Reports

बलात्कार प्रयासका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2015-01-02

Mangal Begha १४ वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा फिदिम नपा-१० का २१ वर्षीय सविन राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७१ पुस २५ गते उजुरी दर्ता भएको छ । पीडितका आफन्तले आरोपित विरुद्ध सो उजुरी दर्ता गरेका हुन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पाँचथरमा पुस २५ गते गरिएको छ । बालिका बाटोमा हिडिरहेको बेला पुस १८ गते आरोपितले बलात्कार प्रयास गरेको पीडितका आफन्तले बताए । पीडित पक्षको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक पोखरेलले बताए । फरार आरोपितको पहिचान गोप्य राखी खोजी कार्य थालिएको डीएसपी पोखरेलले जानकारी दिए । मङ्गल बेघा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments