Incident Reports

कथित बोक्सी आरोपमा कुटपिट गरेको भन्दै उजुरी

2015-01-01

Lumbini, Banke, Nepalgunj

 बसुदेवपुर गाविस-१ की ५८ वर्षीया तिली दमाइले आफूलाई बोक्सी आरोप लगाएर बहिनी र भाइले कुटपिट गरी घरनिकाला गरेको भन्दै पुस २७ गते महिला तथा बालबालिका कार्यालयमा निवेदन दिएकी छन् । महिला तथा बालबालिका कार्यालयले घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयलाई लेखी पठाएको जानकारी दिएको छ । आमाको रेखदेख गरेवापत सात कठ्ठा जमिन पाएकी तिलीलाई बहिनी पप्पी वंशी र भाइकी छोरी लक्ष्मी परियारले कुटपिट गरेको पीडितले बताइन् । पीडितका भाइ डम्बरबहादुर परियारको पुस ८ गते मृत्यु भए पछि सोही ठाँउकी डोलीनी मगर, नेमकुमारी र बहिनी पप्पीले भाइकी छोरी लक्ष्मीलाई उक्साएर बोक्सी आरोप लगाउँदै पुस १८ गते कुटपिट गरी घरबाट निकालेको बताइन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुशीलसिंह राठोरले पीडितको निवेदन आएको र घटनाका सम्बन्धमा बुझ्ने बताए । विनोद पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports