Incident Reports

बन्दले जनजीवन प्रभावित, विभिन्न ठाउँबाट बन्दकर्ता पक्राउ

2015-01-13

Bagmati, Kathmandu, Kathmandu

 काठमाडौं-एनेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चा र नेकपा–माओवादीले छुट्टा-छुट्टै रुपमा गरेको मध्यक्षेत्र बन्दका कारण उपत्यकाको जनजीवन प्रभावित हुन पुगेको छ। राजधानीका विभिन्न ठाउँबाट बन्द गराउँदै हिँडेका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोटेश्वरबाट अग्रगामी विद्यार्थी युनियनका उपाध्यक्ष सञ्जय राईलगायत १० जनालाई प्रहरीले पक्राउ परेको संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य आङ काजी शेर्पाले जानकारी दिए। त्यस्तै, बन्द गराउँदै हिँडेका त्रिचन्द्र क्याम्पसका आठ विद्यार्थीलाई क्याम्पस अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिबी साउदले जानकारी दिए। बन्दका कारण विद्यालय, कलकारखाना, यातायातका साधनहरु चल्न सकेका छैनन्। बन्द थाहा नपाएर कतिपय सर्वसाधारण र यात्रु तथा सवारी चलाकहरु बीच बाटोमा नै अलपत्र परेका छन्। यसैबीच बन्दबारे धेरैलाई पूर्व जानकारी नहुँदा आज बिहान बन्दको खास प्रभाव पर्न सकेको छैन। ३० दलिय मोर्चाले गरेको बन्दको क्रममा राजधानीका विभिन्न स्थानबाट मोर्चाका कार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ । आन्दोलनको क्रममा कोटेश्वरबाट किराँत राष्ट्रिय मुक्ति मोर्चाका सचिव राकेश किराँती, बसन्त राई, सूर्य पौडेल, इन्द्रहाङ राई, रबिन बस्नेत, जसदिप राई, सञ्जय राईलगायत १० जना पक्राउ परेका छन् । हाम्रा संवाददाताका अनुासार महाराजगञ्जबाट संघीय समाजवादी पार्टीका उपमहासचिव अजम्बर कन्बाङलगायत ७ जना गिरफ्तारीमा परेका छन्, भने ३ जना घाइते भएका छन् आन्दोलनको क्रममा २ वटा मोटरसाइकलमाथि तोडफोड भएको ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments