Incident Reports

बन्द ४ बजेसम्म मात्र

2015-01-13

Bagmati, Kathmandu, Kathmandu

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र वैद्य नेतृत्वको नेकपा-माओवादीले आह्वान गरेको आम हड्ताल अहिले चार बजेबाट सकिने भएको छ। साँझ ५ बजेसम्म निर्धारण गरिएको बन्द अवधि सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर एक घण्टा छोट्याइएर ४ बजेसम्म कायम गरिएको मोर्चाका एक नेताले सेतोपाटीलाई बताए। यसैबीच आफूहरूले आव्हान गरेको बन्दबाट पर्न गएको असुविधाको लागि पनि माफीसमेत मागेको छ। त्यस्तै राजधानी बाहिरका अधिकांश जिल्लाहरूमा बन्द खुला भइसकेको छ।
National/Online Media

0 Comments