Incident Reports

समाचार सङ्कलनको लागि गएको पत्रकारमाथि आक्रमण

2015-01-13

Madhes, Mahottari, Bardibas, Ward 8

 गौशालाबाट प्रकाशित हुने 'द पब्लिक टुडे' का प्रकाशक/सम्पादक रामनारायण महतोलाई पुस २९ गते अज्ञात व्यक्तिहरुले आक्रमण गरी घाइते बनाएका छन् । रामनगर स्थित एभरेष्ट चिनी मिलको हातामा समाचार सङ्कलनको लागि गएको बेला करिब २० जनाको सङ्ख्यामा रहेको समूहले एकाएक हातपात गर्नुको साथै पत्रकार महतोको साथमा रहेको दुई ओटा मोबाइल सेट र एक थान क्यामेरासमेत लुटेर लगेको छ । महतोलाई बचाउ गर्न आएका रामरतन महतो र जयकिशोर महतोलाई समेत सोही समूहले कुटपिट गरी घाइते बनाएको छ । घाइतेहरुको उपचार स्थानीय स्वास्थ्य क्लिनिकमा भइरहेको छ । महतोले चिनी मिलको विवादसम्बन्धी समाचार प्रकाशित गर्दै आएको र त्यही समाचारको फलोअप गर्न पुस २९ गते गएको बेला उनी माथि आक्रमण भएको हो । यसैबीच नेपाल पत्रकार महासङ्घ महोत्तरीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नहरुको खोजतलास गरी कारबाही गर्न माग गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्र श्रेष्ठले घटनामा संलग्नहरुको तदारुकताका सथा खोजतलास भइरहेको बताए । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Robbery
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 3
INSEC

0 Comments