Incident Reports

बहुविवाहका आरोपितविरुद्ध उजुरी

2015-01-15

Province 1, Khotang, Kepilasagadhi

हौचुर गाविस-४ की २६ वर्षीया तारा खड्काले बहुविवाह गर्ने पति २४ वर्षीय शेखर खड्कालाई कानुनी कारवाहीको माग गर्दै माघ १ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छिन् । सामाजिक परम्पराअनुसार ०६२ वैशाख २३ गते विवाह गरेपश्चात जन्मिएको दुई जना छोराछोरीलाई समेत वेवास्ता गर्दै पतिले पुस २० गते काठमाडौँकी २१ वर्षीया शारदा पाण्डेसँग दोश्रो विवाह गरेपछि उजुरी दिनुपरेको पीडितले बताइन् । पतिले बहुविवाह गरेपश्चात आफूलाई मार्ने धम्की दिएको तथा शारीरिक र मानसिक यातना दिएको पीडितद्वारा दिइएको उजुरीमा उल्लेख छ । पीडितको उजुरीको आधारमा मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी बिनोदराज खरेलले बताए । घटनापछि आरोपितहरू फरार रहेकाले उनीहरू खोजी भइरहेको डिएसपी खरेलले बताए । डिएम चाम्लिङ राई

0 Comments