Incident Reports

हत्या आशङ्कामा पति र सासू गिरफ्तार

2015-01-13

Madhes, Mahottari, Gaushala

महोत्तरी गाविस-४ की २८ वर्षीया दुलारीदेवी यादव मृत अवस्थामा फेला परेपछि प्रहरीले पीडितकी सासू राधा देवी र पति मोहन यादवलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार दुलारीदेवीको शव गाउँकै पोखरीमा पुस २९ गते फेला परेको थियो । दुलारीको हत्या गरिएको हुन सक्ने आशङ्कामा अनुसन्धानको लागि सासू र पतिलाई पुस २९ गते नै गिरफ्तार गरिएको एसपी सौरभ राणाले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा उनिहरुको अनुसार साहुको ऋण चुक्ता गर्ने विषयमा राति पतिपत्नीबीच विवाद भएको थियो र बिहान काखे छोरा रोएपछि उनलाई घरमा खोज्दा नभेटेपछि खोजी सुरु गरेको थियो । गाउँलेले पोखरीमा शव देखेपछि परिवार र प्रहरीलाई खबर गरेका थिए । प्रहरीले लासको प्रकृति मुचुल्का उठाई पोष्टमार्टमको जिल्ला अस्पताल पठाएको जनाएको छ । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments