Incident Reports

भारतमा बेचिएकी युवती घर फर्कन सफल

2013-10-01

Bagmati, Makawanpur, Manahari, Ward 8

 १४ महिना अघि आफन्तद्वारा भारतको वेश्यालउमा बेचिएकी एक युवती माघ १ गते फर्कन सफल भएकी छिन् । उनलाई वेश्यालयमा लगेर बिक्री गर्ने दलाललाई पनि गिरफ्तार गराउन सफल भएकी छिन् । पीडितलाई चितवनकी सितल परियारले ०७१ कार्तिकमा वेश्यालयका दलालहरूलाई बिक्री गरिदिएकी थिइन् । परियारले बीरगन्जका ४५ वर्षीय प्रेम मण्डललाई पीडितको जिम्मा लगाएकोमा मण्डलले भारतमा काम पाइन्छ भनेर भारतको लखनउस्थित कोठीमा लगेर ३४ हजार भारुमा बिक्री गरेका थिए । उक्त कोठीबाट पटक/पटक भाग्ने प्रयास गर्दा पनि सफल नभएपछि उनीसँग आएको एक ग्राहकले सिमसहितको मोबाइल दिएकाले त्यही मोवाइलबाट मनहरीस्थित मामा रामबहादुर दर्जीलाई फोन गरेर आफू कोठीमा बेचिएको कुरा जानकारी गराएकी थिइन् । रामबहादुर र युवतीको परिवारले माइती नेपालमा ०७१ पुस १५ गते हेटौँडा शाखामा दिएको निवेदनका आधारमा माइती नेपालले घटना विवरणसहित प्रहरीमा उजुरी दिएको थियो । प्रहरी र माइती नेपालको सक्रियतामा उनलाई भारतमा लगेर बिक्री गर्ने प्रेम मण्डललाई भारतीय प्रहरीले ०७१ पुस २४ गते पक्राउ गरेको थियो भने युवती पुस २५ गते राती कोठीबाट भाग्न सफल भएकी थिइन् । प्रताप विष्ट
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 1
Female Abducted 1
INSEC

0 Comments