Incident Reports

छोरीको हत्याका आरोपित बाबुआमा सहित तीन जना पुर्पक्षमा

2015-01-16

Madhes, Mahottari, Jaleswor, Ward 6

 छोरीलाई कर्तव्य गरी मारेको आरोपमा प्रहरी हिरासतमा रहेका धमौरा गाविस-७ का ४२ वर्षीय सञ्जिवकुमार मिश्र, उनकी पत्नी ३२ वर्षीया विनीता मिश्र र ४० वर्षीय मोहम्मद अहमदलाई जिल्ला अदालत महोत्तरीले माघ २ गते पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको छ । प्रहरीले मिश्रकी १६ वर्षीया छोरी सोनाली मिश्रको हत्या आशङ्कामा आरोपितलाई पुस १६ गते गिरफ्तार गरेको थियो। डीएसपी लोकेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार मिश्र दम्पतीले छोरीले अवैध गर्भ बोकेको भन्दै पुस ५ गते राती कर्तव्य गरी मारेर आफ्नै जिपमा लुकाएर भारत बिहारको मधुबनी जिल्ला हरलाखी थानास्थित गंगौल गाउँमा पुर्‍याएर दाहसंस्कार तथा काज किरियासमेत उतै गरेकाले घटनाल रहस्मय भएको हो । मिश्र दम्पतीले भने सोनालीको मृत्युलाई आत्महत्या भनी दाबी गर्दै आएका थिए । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments