Incident Reports

बन्दका कारण राजधानीसहित देशभरको जनजीवन प्रभावित, बन्दकर्ता तोडफोड र आगजनीमा उत्रिए

2015-01-20

Bagmati, Kathmandu, Kathmandu

एकीकृत नेकपा माओवादी र नेकपा- माओवादी नेतृत्वको मोर्चाको बन्दका कारण आज विहानैदेखि राजधानीसहित देशभरको जनजीवन प्रभावित भएको छ । बन्द कारण राजधानीको सडकमा फाट्टफुट्ट मोटरसाइकल र निजी सवारी साधन संचालनमा आएका छन् । राजधानीसहित देशभरका शिक्षण संस्था पनि ठप्प भएको छ । राजधानीका चोक चोकमा प्रहरी तैनाथ गरिएको छ । माओवादी कार्यकर्ता सडकमा निस्केर बन्द गराइरहेका छन् । कलंकी, सातदोबाटो, कोटेश्बर, चावहिल, गंगबु, बालाजु लगायतका स्थानमा माओवादी कार्यकर्ता भेला भएका छन् । ३ दर्जन भन्दा बढी बन्द कर्तालाई विभिन्न स्थानबाट बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ । संविधान निमार्णमा सत्तारुढ दल कांग्रेस र एमालेले अनिच्छा देखाएको र सहमतिय संविधान जारी गर्न माओवादी नेतृत्वको मोर्चाले बन्द आब्हान गरेको हो । बन्दकर्ता तोडफोड र आगजनीमा उत्रिएका छन् । बन्द कर्ताले बिहान साढे ५ बजे ललितपुरको झक्सिखेल ठाडोढुंगामा एउटा ट्याक्सी जलाएका छन् । भक्तपुर, बालाजु, बनस्थली लगायतका स्थानमा पनि ट्याक्सी जलाएका छन् ।

0 Comments