Incident Reports

मध्यरातमा विपक्षीद्वारा संबिधानसभामा तोडफोड

2015-01-20

Bagmati, Kathmandu, Kathmandu

संविधानसभाको सोमबार मध्यराति सुरु बैठकमा बहुमतीय प्रक्रिया प्रारम्भ भएलगत्तै एमाओवादी नेतृत्वको प्रतिपक्षी मोर्चाका सभासदहरूले व्यापक तोडफोड र आक्रमण गरेका छन् । तोडफोड र होहल्लाले बैठक अवरुद्ध भएपछि सभाध्यक्ष सुवास नेम्वाङले मंगलबार दिउँसोसम्मका लागि सभा स्थगन गरेका छन् । सभाध्यक्ष नेम्वाङ र एमाले अध्यक्ष केपी ओली लक्षित आक्रमणमा उनीहरूलाई रोक्न खोज्ने केही मर्यादापालकसमेत घाइते भएका छन् । एमाले उपाध्यक्ष विद्या भण्डारीका साथै ऋषिकेश पोखरेललगायत सभासद सामान्य घाइते भएका छन् । बैठक कक्षका अधिकांश कुर्सी र माइक फोरिएका छन् । बैठक स्थगनको घोषणापछि पनि एमाओवादी सभासदले माइक तथा कुर्सी-टेबल तोडफोड र मर्यादापालकसँग घम्साघम्सी जारी राखेका थिए । सभाकक्ष बाहिरसमेत केही तोडफोडपछि नाराबाजी गर्दै प्रतिपक्षी सभासद हिँडेका थिए । त्यसपछि मात्रै सत्तापक्षका सभासद बाहिरिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments