Incident Reports

समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि कुटपिट

2015-01-22

Bagmati, Nuwakot, Bidur

 विदुर नपा-७ पिपलटारको सिद्धिगणेश काष्ठ उद्योगमा जिल्ला वन कार्यालयले गरेको अनुगमनको समाचार सङ्कलन गर्न गएका सगरमाथा टेलिभिजनका सम्वादाता रामहरि न्यौपाने र नुवाकोट पुकारका हरि बोगटीलाई माघ ८ गते उद्योग सञ्चालक र कामदारहरुले कुटपिट गरेका छन् । पीडित पत्रकारद्वयले माघ ८ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीको आधारमा प्रहरीले उद्योग सञ्चालक ४० बषिर्य प्रकाश राई र कामदार २७ वर्षीय राम चित्रकारलाई गिरफ्तार गरी सार्वजनिक अपरोध ऐनअनुसारका कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक अरुण पौडेलले बताए । आफूहरुमाथि गाली गलौज र अर्नगल टिकाटिप्पणी गर्दै लात्ती, मुड्कीले हानेर काठको चिर्पट प्रहार गर्न खोजेपछि भागेर ज्यान बचाएको पीडित पत्रकार न्यौपानेले बताए । काष्ठ उद्योगमा अनुगमन गर्न वन कार्यालयको टोली पुगेपछि पत्रकारहरू पनि समाचार सङ्कलनका लागि पुगेका थिए । नवदीप श्रेष्ठ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments