Incident Reports

बालिका बलात्कार घटनाका आरोपित पुर्पक्षका लागि थुनामा

2015-01-22

Province 1, Udayapur, Triyuga

१४ वर्षीया एक बालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका ३५ वर्षीय युवालाई जिल्ला अदालतले माघ ८ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पीडित पक्षले पुस २१ गते इलाका प्रहरी कार्यालय बेल्टारमा दिएको निवेदनअनुसार प्रहरीले आरोपितलाई अनुसन्धान गरी माघ ८ गते सरकारी वकिल कार्यालयमा बुझाएपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । आरोपितले आठ महिनादेखि बालिकालाई पटक-पटक बलात्कार गर्दै आएका थिए । पीडितको सात महिनाको गर्भ रहेको पुस २० गते जिल्ला अस्पताल बोक्सेमा गरिएको स्वास्थ्य परीक्षणको रिर्पोटले देखाएको छ । आरोपितलाई इलाका प्रहरी कार्यालय बेल्टारले पुष १९ गते घरबाटै गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका इन्स्पेक्टर डिल्लिबहादुर चौहानले बताए । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments