Incident Reports

एमाओवादी नेतृत्वको आन्दोलन जारी रहने

2015-01-23

Bagmati, Kathmandu, Kathmandu

एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा,को आज बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको छ। बैठकमा केही दिनयता एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले गर्दै आएको संविधानसभा र सडकको आन्दोलनको समीक्षा हुनुका साथै यसलाई थप प्रभावकारी बनाउने सहमति भएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सञ्चारकर्मीलाई जानकारी गराए। मोर्चाले सडक आन्दोलनलाई थप प्रभावकारी बनाउन एमाओवादीका नेता वर्षमान पुनलाई जिम्मा दिने समझदारी भएको जानकारी गराउँदै प्रवक्ता सिंहले आज पनि संविधानसभाको बैठक अवरुद्ध गर्ने बताए। आन्दोलनमा भएका धरपकड र प्रहरी दमनको भर्त्सना गर्दै मोर्चाको बैठकले संविधानसभा अवरोध हटाउनका लागि सहमतिको अनुकूल वातावरण निर्माणका लागि पहल गर्ने निर्णयसमेत गरेको छ। नेपाली काँग्रेस र नेकपा ९एमाले० को संविधानका अन्तरवस्तुलाई मस्यौदा समितिमा पेस गर्नुपर्छ भन्ने माग र मोर्चाको संवैधानिक–राजनीतिक सहमति तथा संवाद समितिमा पठाउनुपर्छ भनाइका बीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नियम ९१ बमोजिम प्रश्नावली बनाउने प्रस्ताव ल्याएका कारण मोर्चाले विरोध गर्नुपरेको बताएको छ। संविधानसभा अध्यक्ष नेम्वाङको भूमिका निष्पक्ष नभएको आरोप लगाउँदै उनले संविधानसभामा भएको तोडफोडको जिम्मा मोर्चाले लिने स्पष्ट पारे। रासस
National/Online Media

0 Comments