Incident Reports

गरिबीका कारण बालिका शिशु फाल्ने आमा गिरफ्तार

2015-01-24

Madhes, Saptari, Rajbiraj

राजविराज नपा-१० की २३ वर्षीया गीतादेवी रजकले पाँच दिनकी बालिका शिशुलाई ०७१ माघ १० गते विहान ६ बजे राजविराज नपा-१० स्थित नहरको डिलमा फालेकी छन् । स्थानीयवासीले नहरको डिलमा वेवारिसे अवस्थामा शिशुलाई देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले शिशुको उद्धार गरेको थियो । चार घण्टाको प्रयासपछि शिशु फाल्ने आमा गीतालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनका पति भैयालाल रजक वैदेशिक रोजगारीका लागि ०७१ भदौ महिनादेखि मलेशियामा छन् । उनको पाँच वर्षीया र दुई वर्षीया छोरीपछि ०७१ माघ ६ गते पुनः छोरी नै जन्मिएको थियो । लगातार तीनओटा छोरी जन्मिएपछि गरिबीका कारण खानलाउन धौधो परेपछि उनले शिशुलाई फालेको स्वीकारेकी छन् । शिशुको स्वास्थ्य स्थिति कमजोर भएका कारण उनलाई आमा गीतासँगै राजविराज नपा-३ स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Banishment/shunning
Weapons None
Primary Cause Other economic issues
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments