Incident Reports

अर्कैको घरमा लगेर घाँटी रेटी महिलाको हत्या

2015-01-26

Madhes, Sarlahi, Malangawa

सर्लाहीको सदरमुकाम मलङ्गवामा एक महिलाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ । मलङ्गवा नगरपालिका–५ का खुसवुदा खातुनको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राति पक्की घरमा सुतेकी खातुनलाई छेउमै रहेको अर्को कच्ची घरमा लगेर घाँटी रेटेर हत्या गरिएको प्रहरी नायब उपरीक्षक सुदम सिजापतिले बताए । एउटै घरको छुट्टाछुट्टै कोठामा सुतेकाले दुई छोरा र एक छोरीले बिहानमात्र आमाको हत्या भएको थाहा पाएका थिए । प्रहरीका अनुसार छोराछोरीले बिहान उठेर हेर्दा आमालाई नदेखेपछि छिमेकीसहितले निकैबेर खोज्दा अर्को घरमा हत्या गरिएको अवस्थामा खातुनको शव फेला परेको थियो । मृतक खातुनका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments