Incident Reports

४ वर्षका बालकको अपहरण पछि हत्या

2015-01-27

Madhes, Bara, Kalaiya

कलैया नगरपालिका वडा नं ५ बस्ने मोतीलालप्रसाद साहका चार वर्षीय छोरा आशीषकुमार साहलाई गएराति अज्ञात व्यक्तिले अपहरण गरी हत्या गरेको छ। गएराति करिब १० बजे आमा छिमेकीको घरमा गएका मौका छोपी अज्ञात व्यक्तिले बालकको अपहरण गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालकको खोजी गर्ने क्रममा घरदेखि केही टाढा टाँगा स्टेन्डनिर गम्भीर घाइते र अचेत अवस्थामा फेला परेका बालकको उपचारका क्रममा वीरगन्ज उपक्षेत्रीय अस्पतालमा राति ११ बजे मृत्यु भएको छ। प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको छ। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons None
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media

0 Comments