Incident Reports

वञ्चरो हानेर श्रीमतीको हत्या

2015-02-01

Gandaki, Gorkha, Palungtar

गोरखाको पालुङ्टार–९ बेलटारमा एक व्यक्तिले माइती बस्दै आएकी श्रीमतीको वञ्चरो प्रहार गरेर हत्या गरेका छन्। आइतबार दिउँसो घरमा कोही नभएको मौका छोपी वञ्चरो प्रहार गरेर ५५ वर्षीय मेहत्तर नेपालीले अन्दाजी ५० वर्षीय श्रीमती चन्द्रकुमारी नेपालीको हत्या गरेर फरार भएका थिए। दिउँसो भएको घटना प्रहरीलाई आइताबार साँझमात्रै जानकारी भएको प्रहरीले जनाएको छ। घटनाका बारेमा जानकारी पाउनसाथ फरारको खोजी गरेको प्रहरीले सोमबार बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ। वञ्चरो प्रहरा गरेर घाइते श्रीमतीलाई स्थानीयले साँझमात्रै घटना थाहा पाएपछि उपचारका लगि पालुङ्टार अस्पताल लाँदै गर्दा मृत्यु भएको ठाँटीपोखरीका सइ उदयबहादुर केसीले बताए। श्रीमतीलाई वञ्चरोले टाउकोमा प्रहार गरेर हत्या गरेको उनले बताए। तीन छोरी र दुई छोरा रहेकी चन्द्रकुमारी श्रीमानसँगको खटपटपछि १० वर्षदेखि माइती बस्दै आएकी थिइन्। तनहुँ पुर्कोट स्थायी घर भएका श्रीमान केही समययता ससुराली आसपामै बसेर कुल्ली काम गर्दै आएका थिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments