Incident Reports

धारिलो हतियार प्रयोग गरि सनराइज बैंकका सुरक्षा गार्डको हत्या

2015-02-02

Province 1, Udayapur, Triyuga

बैंक लुट्ने उद्देश्यले गएराति उदयपुरको त्रियुगा नगरपालिका–११ मा रहेको सनराईज बैंकको शाखा कार्यालयका सुरक्षा गार्डको हत्या भएको छ । उदयपुर सिमेन्ट उद्योग परिसरमा रहेको बैंकका सेक्युरेटी गार्ड त्रिनपा–८ बगाहाका ५१ वर्षीय खेमबहादुर बाँनियालाई हत्या गरि उक्त समुहले बैंक लुट्ने प्रयास गरेका हुन् । बैंक लुट्नुअघि उनीहरुले गार्डलाई नियन्त्रणमा लिई धारिलो हतियार प्रयोग गरी हत्या गरेर शौचालयमा शव फालेका थिए । गार्ड हत्यापछि बैंकमा राखिएको भल्ट (सेफ) फुटाउने प्रयास गर्दा नफुटेपछि उक्त समुह फरार भएको हुनसक्ने प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङले बताए । बिहान ८ बजेसम्म ग्राहकले बैंकको एटिएम नखुलेपछि बैंक मेनेजरलाई बोलाएका थिए । बैंक मेनेजर आएर भित्र पस्दा गार्ड हत्या भएको देखेपछि घटनाको सार्वजनिक भएको थियो । घटनाको अनुसन्धानको लागि तालिम प्राप्त कुकुर र प्रहरीको विशेषज्ञ टोली धरानबाट मगाइएकोले विज्ञ टोली आएपछि मात्र घटनाबारे थप कुरा बाहिर आउने एसपी गुरुङले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports