Incident Reports

बालविवाह घटनाका आरोपितलाई तीन महिना कैद सजाय

2014-11-23

Lumbini, Pyuthan, Pyuthan

Rabindra Pandey बालविवाह घटनाका आरोपितलाई जिल्ला अदालत प्यूठानले ०७१ म्ााघ १८ गते तीन महिनाको कैद सजायको फैसला गरेको छ । रस्पुरकोट गाविस- ६ का १९ वर्षीय गोपाल ठेडीमगरले सोही स्थानकी १४ वर्षीया एक बालिकासँग ०७१ मङ्सिर ७ गते भागी विवाह गरेका थिए । बालविवाह गरेको आरोपमा बालिकाको आमाले ०७१ मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन् । प्रहरीले आरोपित ठेडीमगरलाई ०७१ मङ्सिर ९ गते घरबाट गिरफ्तार गरेको थियो । जिल्ला अदालत प्यूठानमा ०७१ पुस ४ गते मुद्दा दर्ता भएकोमा र जिल्ला अदालत प्यूठानका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले आरोपित ठेडीमगरलाई तीन महिना कैद र चार हजार रुपैया जरीवानाको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताए । रविन्द्र पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments