Incident Reports

थुनामा रहेका बलात्कारका आरोपितलाई सफाइ

2014-11-03

Madhes, Saptari, Shambhunath, Ward 2

Manohar Kumar Pokhrel पच्चीस वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा कारागारमा थुनामा रहेका मैनाकडेरी गाविस-८ का ३२ वर्षीय शिवराम खङ्गले ०७१ माघ २१ गते जिल्ला अदालतबाट सफाइ पाएका छन् । जाहेरवाला पीडित र कागज गर्ने व्यक्तिहरु अदालतमा उपस्थित भई बकपत्र नगरेकोले कसुर ठहर गर्न नसकिने भन्दै जिल्ला न्यायाधीश नवराज दाहालको आदेशले खङ्गलाई सफाइ दिने फैसला गरेको हो । जिल्ला न्यायाधीश नवराज दाहालको आदेशमा आरोपित०७१ मंसिर ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । पीडितलाई ०७१ कात्तिक १६ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले सोही राति खङ्गलाई गिरफ्तार गरेको थियो । नाबालक छोराछोरीसँग घरमा सुतिरहेको बेला आरोपितले मुख थुनी जबरजस्ती बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा ०७१ कात्तिक १७ गते उजुरी दिएकी थिइन् । आरोपित र पीडितको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ०७१ कात्तिक १७ गते स्वास्थ्य परीक्षण भएको थियो । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments