Incident Reports

पत्नी कुटपिट गरेको आरोपमा पति गिरफ्तार

2015-02-05

 फिदिम नपा -६ की ३३ वर्षीया कल्पना लिम्बूलाई कुटपिट गरेको आरोपमा माघ २२ गते उनका पति ३१ वर्षीय बुद्धराज लिम्बूलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडितको माघ २२ गतेदेखि जिल्ला अस्पतालमा उपचार भइरहेको छ । शरीरमा नीलडाम लागेकी उनको स्वास्थ्य अवस्था खतरामक्त रहेको अस्पतालले जनाएको छ । आपसी विवादका क्रममा माघ २१ गते आरोपितले कुटपिट गरेको पीडितले बताईन् । आरोपितलाई कानुन बमोजिम कारबाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गोविन्द झाले बताए । मङ्गल बेघा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments