Incident Reports

विपक्षी मोर्चाको आन्दोलनको कार्यक्रम तय

2015-02-06

Bagmati, Kathmandu, Kathmandu

 संविधानसभा बैठक बहिष्कार गरेर सडक संघर्षमा रहेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले माघ-२९ गतेदेखि फागुन-९ सम्मकको आन्दोलनको कार्यक्रम तय गरेको छ । बिहीबार बसेको मोर्चाको बैठकले अान्दाेलनलाई प्रभावकारी बनाउन मोर्चामा आवद्ध दलका ३५ शीर्ष नेतालाई कार्यकर्ता प्रशिक्षणका लागि जिल्ला खटाएकाे छ । माघ-२९ गते देशभर सार्वजनिक स्थानमा कालो झन्डा गाड्ने, फागुन-२ गते संयुक्त कार्यकर्ता भेला गर्ने, ३ गते देशभर जिल्ला प्रशासन घेराउ गर्ने र ९ गते देशभर कालो पट्टी र ब्यानर सहितको जनप्रदर्शनको कार्यक्रम तय गरेको मोर्चाका नेता प्रमेबहादुर सिंहले बताए । मुख्य स्थानमा कार्यकर्ता भेलालाई प्रशिक्षण दिन ३५ जना नेता तय गरिएको सिंहले जनाए । पहिलो चरणको प्रचारात्मक आन्दोलन अन्तर्गतकै यो थप कार्यक्रम हो -उनले भने । बैठकले पुष्पकमल दाहाललाई-काठमाडौं, बाबुराम भट्टराई-नेपालगंज, महन्थ ठाकुर-भैरहवा, उपेन्द्र यादव- विराटनगर, राजेन्द्र महतो-जनकपुर, विजय गच्छदारलाई राजविराजमा संयुक्त कार्यकर्ता भेलालाई प्रशिक्षणको जिम्मेवारी दिएको छ । 

0 Comments