Incident Reports

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार उदययपुर

2015-02-05

Province 1, Udayapur, Chaudandigadhi, Ward 4

Bharat Khadka १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बेल्टारबसाहा नगरपालिका-१० शनिबारेका २१ वर्षीय विक्रम राईलाई प्रहरीले माघ २२ गते गिरफ्तार गरेको छ । घटना लगत्तै पीडित परिवारको मौखिक उजुरीका आधारमा राईलाई राती छिमेकीको घरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको इन्स्पेक्टर राजेन्द्र पराजुलीले बताए । आरोपितले माघ २२ गते साँझ ७ः३० बजेको समयमा घरतर्फजाँदै गरेकी बालिकालाई बाटो छेकेर बलात्कार गरेको पीडित परिवारले दिएको उजुरीमा उल्लेख छ । आरोपितविरुद्ध माघ २३ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी परेको इन्स्पेक्टर पराजुलीले बताए । पीडितको माघ २३ गते जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितलाई माघ २३ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर पराजुलीले बताए । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments