Incident Reports

युवती बेचबिखन गर्न खोजेको आरोपमा दुईजना गिरफ्तार रसुवा

2015-02-06

Bagmati, Rasuwa, Parbati Kunda, Ward 5

 चिलिमे गाविस-९ पाजुङ गाउँका दुई किशोरीलाई भारत लैजान लागेको आरोपमा दुई भारतीय नागरिकलाई माघ २३ गते प्रहरीले गिरफ्तार गरेको छ । भारतको मोतिहारी घर भइ हाल रसुवाको धुन्चेमा कपडा व्यापार गर्दै आएका ३८ वर्षीय चन्द्रकिशोर राउत कुर्मी र १८ वर्षीय सञ्जितकुमार साहलाई गिरफ्तार गरिएको र एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । किशोरीहरूले आफूहरूलाई आरोपितहरूले फकाएर भारत लैजान लागेको स्वीकार गरेका छन् । भारतको बजारमा राम्रो राजगारी खोजिदिने तथा सस्तो दरमा सुनचाँदी र कपडामा किनिदिने प्रलोभन देखाई रसुवाबाट काठमाडौँ लैजाने क्रममा तीन पिप्ले प्रहरी चौकीले गिरफ्तार गरेको हो । चिलिमे गाविस- ९ पाजुङका कोसोरनाम दोर्जेले आरोपितलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, रसुवामा माघ २३ गते जाहेरी दिएका छन् । हेमनाथ खतिवडा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Gender-based human trafficking
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 2
Female Abducted 2
INSEC

0 Comments