Incident Reports

बालिका अपहरणका आरोपितविरुद्ध उजुरी

2015-02-01

Province 1, Panchthar, Phidim, Ward 1

एक १६ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा ०७१ माघ २४ गते आङ्ना गाविस- ४ का २० वर्षीय जीवन खत्रीसहित चारजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । घटनाका अन्य आरोपितहरूमा सोही गाविस- ४ का १९ वर्षीय सञ्जय लिम्बू, २१ वर्षीय प्रकाश लिम्बू र पहिचान नखुलेका एक जना रहेका छन् । पीडितका आफन्तले आरोपितहरू विरुद्ध उजुरी दर्ता गराएका हुन् । बालिका माघ १८ गते अपरान्ह विद्यालयबाट घर फर्कने क्रममा आरोपितहरूले बाटोबाट जीवनसँग विवाह गराउने भन्दै जबरजस्ती बोकेर घर लगेको पीडितका आफन्तले बताए । घटनाको जानकारी पाएपछि स्थानीय र प्रहरीले सोही दिन साँझ बालिकाको उद्धार गरेका थिए । घटनाको अनुसन्धान थालिएको र आरोपितहरू विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक पोखरेलले बताए । फरार आरोपितहरूको खोजी कार्य समेत थालिएको उनले जानकारी दिए । मङ्गल बेघा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments