Incident Reports

बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएको आरोपमा प्रहरीमा उजुरी

2015-02-04

Bagmati, Sindhuli, Hariharpurgadhi

क्यानेश्वर गाविस-९ सिसौदमारमा एक महिला तथा उनका आफन्तलाई बोक्सीको आरोप लगाउँदै गाउँलेहरुले कुटपिट गरी मलमुत्र खुवाएको पीडित पक्षले बताएको छ । पीडित महिलालाई माघ २१ गते दिउँसो स्थानीय महिला ६० वर्षी माइलीरानी थिङले बोक्सीको आरोप लगाउँदै ४० वर्षीय शनिमाया थिङ, ३३ वर्षीय सानुमान थिङ, उनकी आमा कल्पवृक्षकी ५५ वर्षीय बुद्धिमाया स्याङ्तान, फुपु ४५ वर्षी लीलामाया थिङ र बहिनी सञ्जिमाया थिङलाई आफ्नो घरमा बोलाएर छोरा बुहारी तथा गाउँलेहरू समेत मिलेर कुटपिट गरेको स्थानीयबासी सानुमान थिङले जानकारी दिएका छन् । कुटपिटबाट घाइते भएकी बुद्धिमाया, शनिमाया, सानुमान लगाएतको क्यानेश्वर २ मा रहेको स्थानीय मेडिकलमा उपचार गरिएको छ । पीडितको तर्फाट ०७१ माघ २३ गते क्यानेश्वर प्रहरी चौकीमा पीडितहरूले किटानी जाहेरीसमेत दिएका छन् । प्रहरीलाई उजुरी दिइएको भए पनि प्रहरी घटनास्थलमा माघ २५ गते साँझसम्म पुग्न सकेको छैन । घटनास्थल प्रहरी चौकीदेखि ७ सात घण्टा टाढाको दूरीमा पर्ने प्रहरीले जनायो । घटनास्थलमा प्रहरी पुगेपछि मात्र विस्तृत विवरण आउने प्रहरीले जनायो । बिमला पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 5
Female Injured 5
INSEC

0 Comments