Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-02-10

Karnali, Humla, Kharpunath

१९ वर्षीया एक महिला बलात्कार गरेको आरोपमा डाँडा गविस-१ का २६ वर्षीय प्रेमबहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय, हुम्लाले माघ २६ गते गिरफ्तार गरेको छ । आरोपित सुनारले पीडित महिलालाई डरधम्की देखाई आठ महिना अगाडिदेखि पटकपटक बलात्कार गरेको पीडित महिलाका दाजुद्वारा प्रहरीमा दिइएको उजुरीमा उल्लेख गरिएको छ । पीडित महिलाको पेट बढेको देखेपछि अभिभावकले स्वास्थ्य जाँच गराउन दार्मा स्वास्थ्यचौकी लगेका थिए । स्वास्थ्यचौकीमा गर्भ जाँच गराउँदा उक्त कुरा खुलासा भएको थियो । पीडित महिलाको गर्भको बच्चा जीवित नभएको जिल्ला असपतालले जानकारी दिए पछि थप उपचारको लागि भेरी अञ्चल अस्पताल, नेपालगञ्ज सिफारिस भएको डीएसपी कृष्ण कुँवरले बताए । उनले घटनाको अनुसन्धान गरी कारबाही गर्ने जानकारी गराएका छन् । सुरेश परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments