Incident Reports

इन्स्पेक्टरले अख्तियारका सवारी चालक कुटे

2015-02-12

Province 1, Sunsari, Itahari, Ward 4

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीमा कार्यरत सवारी चालक सुरेश मोक्तानलाई इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर कुन्दन देवले माघ २९ गते कुटपिट गरेका छन् । काठमाडौँबाट आउँदै गरेका आफन्तलाई पर्खेर इलाका प्रहरी कार्यालय अगाडिको हावा महलमा बसेका सुरेशलाई इन्स्पेक्टर कुन्दनले गाली गरेपछि सुरेशले गाली नगर्न अनुरोध गरेका थिए । उनले मानवीय व्यवहार गर्न आग्रह गरेपछि आवेशमा आएर इन्स्पेक्टर कुन्दनले आफुलाई कुटपिट गरेको पीडित सुरेशले बताए । इन्स्पेक्टरले सुरेशलाई घाटीमा समाएर तान्दै अनुहारमा मुक्का हानेका थिए । इन्स्पेक्टरको मुक्का प्रहारबाट सुरेशको अनुहार सुन्निएको छ। घटना छानविनका लागि अख्तियार पूर्वाञ्चल क्षेत्रीय कार्यालयका उपसचिव माधव सुवेदीको संयोजकत्वमा समिति बनाइ समितिले छानविन रिर्पोट पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरलाई पठाएको अख्तियार पूर्वाञ्चल क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले बताए । पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक माधव जोशीले घटना बारे छानविन गर्न इन्स्पेक्टर कुन्दन देव र घटनामा संलग्न भएको आशंकामा असई नरहरि डाँगी र हवल्दार लिलानाथ कार्कीलाई आफ्नो कार्यालयका झिकाएको बताए । घटना छानबिन पछि उनीहरुलाई प्रहरी ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । शेखर ढकाल

0 Comments