Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-02-13

Bagmati, Rasuwa, Gosaikunda

 १७ वर्षीया एक युवतीलाई माघ २८ गते बिहान बलात्कार प्रयास गरेको आरोपमा सल्यान जिल्ला शारदा नपा-१३ का ३९ वर्षीय तिलकराम राउतलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए । पीडितले टिमुरे गाविसस्थित प्रहरी कार्यालयमा माघ २९ गते जाहेरी दिएकी छिन् । आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पठाइएको टिमुरे गाविसस्थित प्रहरी कार्यालयले जनाएको छ । आरोपित राउतले मेसमा काम गरिरहेको बेला युवतीलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । पीडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना बाहिर आएको हो । हेमनाथ खतिवडा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments