Incident Reports

मुसहर विद्यार्थीलाई स्कुलमै छोइछिटो

2015-02-17

Madhes, Parsa, Birgunj

पर्साका जिशिअ बरखुप्रसाद रजकले भने विद्यार्थीलाई शिक्षकले कुनै प्रकारको विभेद गर्न नपाउने बताए। उनले भने, 'यसबारेमा तुरुन्तै छानबिन अगाडि बढाउँछु।दोषी देखिए सम्बन्धित शिक्षकलाई कारबाही हुन्छ।' अघिल्लो वर्ष कक्षा १ मा भर्ना भएका १० वर्षीय बाढु मुसहर विद्यालय जान छाडेका छन्। शिक्षकले नै विभेद गरेपछि उनी विद्यालय जान छाडेका हुन्। उनी भन्छन्, 'सरले मुसहरका बच्चा भनेर अरूभन्दा छुट्टै बसाउँथे। अरूलाई हात समाइसमाई लेख्न सिकाउँथे। हामीलाई भने नजिक नआइज, छोइन्छ भन्थे। त्यसैले स्कुल जानै छाडें।' पर्साको लहावरथकरी गाविसको खेस्राहा टोलमा मुसहर जातिको ५० घरधुरी छ। मुसहरबस्तीदेखि दुई सय मिटरकै दूरीमा हरिहरराज उपाध्याय राष्ट्रिय प्राथमिक विद्यालय छ। विद्यालयमा कार्यरत चारैजना शिक्षक गैरदलित हुन्। मुसहरबस्तीमा विद्यालय जाने उमेरका करिब एक सय २० बालबालिका छन्। उनीहरूमध्ये मुस्किलले २०/२२ जनामात्र विद्यालय जान्छन्। अरू बालबालिका कोही घरमै खेलेर दिन बिताउँछन् त कोही बाबुआमासँगै मजदुरी गर्न जान्छन्। विद्यालयमा शिशुदेखि कक्षा पाँचसम्म मुसहर जातिका ४३ जना विद्यार्थी भर्ना भए पनि मुस्किलले २० जनामात्र नियमित विद्यालय आउने गरेको जानकारी प्रधानाध्यापक चेतमनप्रसाद तेलीले दिए। शिक्षकले नै मुसहरका बालबच्चा भनेर विभेद र दुव्र्यवहार गरेकाले अधिकांश बालबालिका विद्यालय जान नमानेको अभिभावकहरू बताउँछन्। कक्षाकोठामा शिक्षकले नै मुसहर जातको भनेर आफ्ना छोराछोरीलाई अन्य विद्यार्थीभन्दा छुट्टै बसाएर पढाउने गरेको स्थानीय दुखा माझी मुसहरले बताए। 'शिक्षकले नै अलग बस् भन्छन्', स्थानीय शिवनाथ माझीले भने, 'शिक्षकले यस्तो व्यवहार गरेपछि केटाकेटी स्कुल जानै मान्दैनन्।' अन्य जातिका विद्यार्थीलाई हात समाएर पढाउने र सिकाउने शिक्षक मुसहर विद्यार्थीसँग भने छोइन्छ भनेर परपर बस्ने गरेको आरोप मुसहरबस्तीका अगुवा झोरा माझीले लगाए। कक्षा २ मा अध्ययनरत ललिता माझी भन्छिन्, 'हामीलाई त सरले नै बरन्डामा बस भन्छन्।' सुकनीदेवी मुसहरले दलित विद्यार्थीका लागि आउने छात्रवृत्ति पनि आफ्ना छोराछोरीले नपाएको बताइन्। विद्यालय भर्ना अभियानका बेला अन्य टोलमा शिक्षकले घरघर गएर बालबालिकालाई विद्यालय भर्ना गर्न आग्रह गरे पनि मुसहरबस्तीमा एकपटक पनि नआएको गुनासो स्थानीय खेदियादेवी मुसहरले गरिन्। शिक्षकले मुसहर भनेर अछूत व्यवहार गरेपछि अभिभावकले आफ्ना बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन गर्ने तयारी गरेका छन्। बस्तीनजिकै बन्न लागेको धर्मशालाको कोठामा दलित जातिकै शिक्षक राखेर पढाउने योजना रहेको महिचन मुसहरले बताए। विद्यालयका प्रधानाध्यापक तेलीले भने विद्यालयमा मुसहर जातिका विद्यार्थीलाई विभेद नगरिएको बताए। मुसहर जातिका बालबालिकालाई अभिभावकले नै विद्यालयमा नपठाएको उनको भनाइ छ। 'शिक्षकले विभेद गरेको आरोप गलत हो', उनले भने, 'अभिभावकले नै विद्यालय पठाउन चासो दिँदैनन् त हामीले के गर्नु?' पर्साका जिशिअ बरखुप्रसाद रजकले भने विद्यार्थीलाई शिक्षकले कुनै प्रकारको विभेद गर्न नपाउने बताए। उनले भने, 'यसबारेमा तुरुन्तै छानबिन अगाडि बढाउँछु।दोषी देखिए सम्बन्धित शिक्षकलाई कारबाही हुन्छ।'
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 43
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments