Incident Reports

हिरासतमा दिइएको यातनाका बारेमा मानवअधिकार आयोगद्वारा प्रहरीसँग स्पष्टिकरण

2015-02-23

Madhes, Dhanusha, Janakpur

 हिरासतमा दिइएको यातनाका बारेमा मानवअधिकार आयोगद्वारा प्रहरीसँग स्पष्टिकरण धनुषा । ०७१ फागुन ११ गते प्रहरी हिरासतमा यातना दिएको आरोप लागेका प्रहरी चौकी, ललियाका असइ बैजुलाल यादवलाई फागुन १० गते मानवअधिकार आयोग जनकपुरस्थित क्षेत्रीय कार्यालयले स्पष्टिकरण लिएको छ । मिथिलेश्वर निकास-६ ललियाका ६५ वर्षीय उचित मण्डल केवटलाई ०७१ बैसाख २२ गते साँझ ६ बजेदेखि वैशाख २३ गतेसम्म प्रहरी चौकी ललियामा बोलाएर रातभरि यातना दिएको आरोपमा आयोगले असइ यादवसँग स्पष्टिकरण लिएको हो । दुई छोरीलाई भारत लगी बेचेको विषयमा पीडितले ०७१ वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकोमा स्थानीय प्रहरी चौकी ललियाको असइ यादवले आफूलाई नसोधी किन जिल्ला प्रहरी कार्यालयमा गएको भन्दै मण्डललाई घरबाट गिरफ्तार गरी यातना दिएका थिए । ०६९ साल दशैंको जात्राका दिन कान्छी छोरी १४ वर्षीया सुलोचनी मण्डल हराएकी थिइन् भने ०७१ साल वैशाख २ गते जेठी छोरी २४ वर्षीया परमेश्वरी मण्डल पनि घरबाट बेपत्ता भएपछि उचित मण्डलले मिथिलेश्वर निकास-८ ललियाका राधेश्याम मण्डल विरुद्ध वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहरी दिए पछि प्रहरीले उनलाई सोही दिन गिरफ्तार गरी रिहा गरेको थियो । प्रहरीले मण्डललाई पिठ्यूँ र हातमा लाठी प्रहार गरी कुटपिट गरेका कारण शरीरभर नीलडाम र हातको औँलाहरू सुन्निएको थियो । मण्डलको जनकपुर अञ्चल अस्पतालमा उपचार भएको थियो । पीडितपक्षले जिल्ला अदालत धनुषामा ०७१ जेठ ५ गते मुद्दा दर्ता गरेका थिए । मुद्दा चलिरहेको छ । आयोगमा पीडित मण्डलले निवेदन दिएको आधारमा फागुन १० गते कार्यालयमा बोलाई स्पष्टिकरण सहित दुवै महिलाको अवस्थाको बारेमा जानकारी गराउनको लागि असई यादवलाई निर्देशन दिएको आयोगका क्षेत्रीय निर्देशक बुद्धनारायण सहनीले बताए । विनोदकुमार रविदास
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments