Incident Reports

नक्कली विहे गरेर बेच्न खोज्ने विरुद्ध बेचविखन मुद्दा

2015-02-25

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक महिलालाई नक्कली विवाह गरेर बेच्न खोज्ने दुई जना विरुद्ध मानव बेचविखन मुद्दा दर्ता गरेको छ । च्यानम गाविसकी एक महिलालाई विवाह गरेर बेचविखन गर्न खोज्ने च्यानम गाविसकै विष्णुमाया नेपाली र बेहुलालाई साथी जाने टारकेराबासी गाविसका रामजी विक विरुद्ध मानव बेचविखन मुद्दा दर्ता गरेको हो । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयलमा झुक्याएर बेच्न खोज्ने दलाललाई कारवाही गर्न माग गर्दै दर्ता गरेको उजुरीपछि प्रहरीले सोमबार आरोपिहरुलाई पक्राउ गरेको थियो । नक्कली बेहुलो बनेका टारकेराबारी गाविसका मुख्य अभियुक्त बेदबहादुर सार्की भने फरार छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बैद्यनाथ यादवले फरार आरोपितको खोजी भइरहेको बताउनुभयो । उनीहरुले माघ ८ गते राती १२ बजे नक्कली दुलहालाई जिम्मा लगाएर काठमाण्डौ पठाएका थिए । ललितपुको इमाडोलमा रहेका होटलमा राखेर भारतीयसँग पैसाको मोलमोलाई गरेको सुनेपछि भाग्न सफल भएको पीडितले बताएकी छिन् । मुलुकी ऐनको माव बेचविखन महल अनुसार मुद्दा दर्ता गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments