Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-02-25

Madhes, Saptari, Mahadeva

Manohar Kumar Pokharel १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा जण्डौल गाविस-५ का २२ वर्षीय मजेफुर मियाँलाई प्रहरीले गिरफ्तार गरी ०७१ फागुन १३ गते जिल्ला अदालतबाट म्याद थप गरेको छ । पीडितलाई ०७१ जेठ ५ गते राति आरोपितले बलात्कार प्रयास गरेको आरोप छ । गिरफ्तार आरोपितविरुद्ध जबरजस्ती करणी प्रयासको मुद्दा दर्ता गरी अनुसन्धानका लागि दोस्रो पटक फागुन १३ गते जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरुपका इन्स्पेक्टर उमेश लम्सालले बताए । प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै पीडितकी आमाले दिएको रिट निवेदनमा पुनरावेदन अदालतले ०७१ असोज ५ गते मुद्दा दर्ता गर्न भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपलाई परमादेश गरेको थियो । प्रहरीले भने अदालतको परमादेशको जानकारी ०७१ पुस ९ गते आएको र उजुरकर्ता फागुन ७ गते आएकोले सोही दिन उजुरी दर्ता गर्नुका साथै आरोपितलाई फागुन ८ गते गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाएको जनाएको छ ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments