Incident Reports

सुनौली नाकाबाट ५ युवतीको उद्धार

2015-02-24

Lumbini, Rupandehi, Siddharthanagar, Ward 1

चेलीबेटी तथा मानव बेचविखन बिरुद्ध कार्यरत संस्था केआई नेपाल रुपन्देहीले सुनौली नाका हुदै भारततर्फ लैजादै गरिएका पाँचजना नेपाली युवतीको बेलहीया सिमा क्षेत्रबाट उद्धार गरेको छ । भारतको कलकत्तास्थित डान्सवारमा रोजगारीमा लगाईदिने प्रलोभनमा पारेर ती युवतीहरुलाई नीजि नम्बरको जीपमा राखेर सिमाना पार गराउन लागिएको थियो । उक्त संस्थाका अनुसार, आफ्नो घर कलकत्ता बताउदै काठमाडौंमा बस्दै आएको मनोज सेट्ठी नामको एक भारतीय नागरिकले काठमाडौंको अलग अलग स्थानबाट पाँचजना युवतीलाई प्रलोभनमा पारेर भारततर्फ लैजादै थिए । बेलहिया नाकामा रहेको केआई नेपालको निगरानी केन्द्रमा कार्यरत महिला कर्मचारीले उक्त जिपमा नेपाली युवती देखेपछि रोकेर सोधखोज गर्न थालेपछि यथार्थ कुरा खुल्न आएको हो । जिपमा रहेका युवतीलाई रोकेर सोधखोज गर्न थालेपछि मनोज तत्कालै फरार भएका थिए । उद्धार गरिएका युवतीमध्ये, २ जना चितवनका, दाङ, सिन्धुपाल्चोक र भारत सिक्किम घर भएर लामो समयदेखि काठमाडौं बस्दै आएका १-१ जना छन् । उनीहरुलाई मासिक ६० हजार भारु देखि १ लाख भारु सम्म तलव दिलाउने प्रलोभनमा पारेर कलकत्ता लग्न थालिएको अनुसन्धानबाट खुलेको संस्थाको निगरानी केन्द्रकी प्रमुख तारा सापकोटाले बताईन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Abducted 5
Female Abducted 5
National/Online Media

0 Comments