Incident Reports

बालविवाह गराएको आरोपमा अभिभावक गिरफ्तार

2015-02-24

Province 1, Panchthar, Falelung

एक १५ वर्षीया बालिकालाई विवाह गराएको आरोपमा ०७१ फागुन १२ गते एकतीन गाविस -४ का ६० वर्षीय चन्द्रबहादुर खत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितविरुद्ध माघ १० गते जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको उजुरीका आधारमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । बालिकाको मङ्सिर २५ गते तेह्रथुम जिल्ला इवा गाविस-९ का २५ वर्षीय मोहन थपलियासँग विवाह गरिदिएको उजुरीमा उल्लेख छ । आरोपितको नाममा म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक पोखरेलले बताए।

मङ्गल बेघा

0 Comments